Dhulikhel Eco Banner new

सुनको भाउले नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

4.28K
shares

काठमाडौं, ४ साउन । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आज बिहीबार सुन तोलामा ५०० रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार ६०० रुपैयाँमा पुगेको छ । यो सुनको भाउमा हालसम्मकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला एक लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी तोलामा पाँच रुपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला एक हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ ।