शेयर बजारमा गिरावट, कारोबार ३ अर्ब ५ करोड
वि.सं.२०८० साउन ४ बिहीवार १५:३२
5.5K
shares
shares

काठमाडौं, ४ साउन । साताको कारोबारको अन्तिम दिन शेयर बजारमा केहि गिरावट आएको छ । आज १ दशमलव ३१अंकले गिरावट आएको शेयर बजार परिसूचक २१६३ दशमलव ९२ विन्दुमा पुगेको छ ।
बिहीबार २६४ कम्पनीका ८४ लाख २४ हजार १०८ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब ५ करोड २४ लाख १० हजार ६५९ रुपैयाँको कारोबार भएको छ ।
आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने बढेको छ । आज ० दशमलव ०५ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ४१० दशमलव ५२ विन्दुमा पुगेको छ ।



















