Dhulikhel Eco Banner new

हिम पर्वत हाइड्रोपावरको साधारण सभा जेठ २५ गते

4.9K
shares

 

काठमाडौं, ९ जेठ । हिम पर्वत हाइड्रोपावर लिमिटेडको विशेष साधारण सभा जेठ २५ गते हुने भएको छ ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं ११ मा दिउँसो २ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले विशेष सभा गर्ने निर्णय गरेको हो ।

सभाको प्रस्तावमा कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने सम्बन्धमा विशेष प्रस्ताव माथि छलफल गर्ने, कम्पनीको प्रवन्धपत्रको दफा ६ (घ) मा संशोधन गर्ने रहेको छ ।