Dhulikhel Eco Banner new

मर्जर लगत्तै प्रभु महालक्ष्मीको सक्रियता, काठमाडौं पनि सम्पन्न गर्याे भव्य कार्यक्रम

15.63K
shares

काठमाडौं, ६ साउन । असार २९ गते एकीकृत कारोबार गरेको प्रभु महालक्ष्मी लाइफले मर्ज गरेको एक हप्ता मै देशै भरि अभिकर्ता मिलन कार्यक्रम सम्पन्न गर्न सफल भएको छ । साउन ६ गते काठमाडौंमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरेको हो ।

काठमाडौंमा कार्यक्रम गर्नु अगाडि उक्त कम्पनीको साउन १ गतेबाट खटेको प्रशिक्षण टोलिले देशको ७ वटा प्रदेशको दश शहरमा कार्यक्रम सम्पन्न गरिसकेको छ । मर्जर पछि व्यवसायको मूख्य अंग भएका अभिकर्ता फोर्सलाई एकिकृत गर्ने उद्देश्यले मर्जर लगतै देशैभरी अभिकर्ताहरुलाई खटाइएको थियो । साविक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरुलाई मर्जर पछिको कम्पनीको अवस्था, एजेन्सी सिस्टम, इन्सेन्टिभ र प्रचलनमा ल्याइने पोलिसीहरु बारेमा प्रशिक्षण दिइएको कम्पनीले जनाएको छ । प्रशिक्षण पछि दुवै कम्पनीका अभिकर्ताहरु सँग छलफल तथा अन्तरक्रिया समेत गरिएको छ ।

उक्त कार्यक्रममा वरिष्ट सहायक महाप्रबन्धक प्रशान्त राज धमला र प्रबन्धक योगेन्द्र खतिवडा प्रशिक्ष्ण दिएका थिए । कार्यक्रममा करिब ४ सय जनाको उपस्थिती रहेको थियो । वरिष्ट अधिकृतहरुको टोलिले बिहिबार मात्र ईटहरि र पोखरामा मिलन समारोह सम्पन्न गरेको थियो । पोखराको कार्यक्रममा कमल पन्थि र प्रभात शिवाकोटिले प्रशिक्षण दिएका थिए । कार्यक्रमा ११५ जनाको उपस्थिति थियो । त्यसै गरि सोही दिन ईटहरिमा संचालित संचालित अभिकर्ता मिलन समारोहमा सोन बहादुर मगर र प्रभाकर न्यौपानेले प्रशिक्षण दिनु भयो।सो कार्यकणरमा पनि १२५ जनाको उपस्थिति रहेको थियो ।