Dhulikhel Eco Banner new

आजपनि बढेन शेयर बजार, कारोबार रकम २ अर्ब ५० करोड

5.21K
shares

काठमाडौं, १४ साउन । पछिल्लो समय शेयर बजार लगातार रुपमा ओरालो लागेको छ । त्यस्तै साताको कारोबरको पहिलो दिन आज पनि शेयर बजारमा गिरावट आएको छ । आज २६ दशमलव १४ अंकले गिरावट आएको शेयर बजार परिसूचक २१०० दशमलव ४८ विन्दुमा पुगेको छ ।

आइतबार २६६ कम्पनीका ६८ लाख ६० हजार ४२ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५२७ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ४ दशमलव १७ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३९९ दशमलव ६६ विन्दुमा पुगेको छ ।