उकालो लाग्यो शेयर बजार, कारोबार रकम १ अर्ब ८५ करोड
वि.सं.२०८० साउन १५ सोमवार १५:१५
6.36K
shares
shares

काठमाडौं, १५ साउन । पछिल्लो समय शेयर बजार लगातार रुपमा ओरालो लागेको शेयर बजार आजभने केही सुधार आएको छ । आज कारोबरको दोस्रो दिन आज पनि शेयर बजारमा ५ दशमलव ८४ अंकले गिरावट आएको शेयर बजार परिसूचक २१०६ दशमलव १८ विन्दुमा पुगेको छ ।
सोमबार २६२ कम्पनीका ५५ लाख ३१ हजार ७३७ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ८५ करोड ८० लाख २ हजार १७५ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज २ दशमलव १८ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ४०१ दशमलव ८५ विन्दुमा पुगेको छ ।



















