Dhulikhel Eco Banner new

केटिएम भ्वाइसको प्रधान सम्पादकमा लम्साल

24.77K
shares

काठमाडौं, १ भदौ । केटिएम भ्वाइस मिडिया प्रालिद्वारा सञ्चालित अर्थप्रधान अनलाइन पत्रिका केटिएम भ्वाइस डटकमको प्रधान सम्पादकमा ध्रुव लम्साल नियुक्त भएका छन् । केटिएम भ्वाइस मिडियाले लम्साललाई केही दिन अघि सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

लम्सालले शुक्रबारदेखि नै केटिएम भ्वाइस डटकमको प्रधान सम्पादकको रुपमा जिम्मेवारी समेत सम्हालेका छन् । शुक्रबार मैतिदेवी स्थित संस्थाको कार्यालयमा कार्यकारी प्रमुख रोयल आचार्यले लम्साललाई स्वागत गरे । छापा तथा अनलाइन सञ्चारमाध्यममा २ दशक भन्दा लामो पत्रकारिता अनुभव भएका लम्साल यस अघि राजधानी दैनिकका सम्पादक थिए ।

लम्सालको नेतृत्वमा केटिएम भ्वाइसले थप उचाइ लिने कार्यकारी प्रमुख आचार्यले बताए । जिम्मेवारी ग्रहण गर्दै प्रधान सम्पादक लम्सालले आफू टिमवर्कमा विश्वास गर्ने भन्दै केटिएम भ्वाइसलाई थप सशक्त बनाउन आफू र आफ्नो नेतृत्वले भरपुर काम गर्ने बताए ।