आज सुनको मूल्य स्थिर, चाँदी २० रुपैयाँले बढ्यो
वि.सं.२०८० भदौ १ शुक्रवार १३:०९
4.3K
shares
shares

काठमाडौं, १ साउन । साताको अन्तिम कारोबारका दिन बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार नेपाली बजारमा छापावाल सुन तोलामा १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा स्थिर रहेको छ ।
त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।



















