Dhulikhel Eco Banner new

निःशुल्क बिजुली उपलब्ध गराउने घोषणा

5.85K
shares

काठमाडौं, १० जेठ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिपेन पोमूले पालिकाभरिका नागरिकलाई विद्युत् महसुल छुट गर्ने घोषणा गरेका छन् । सोमबार पदभार ग्रहण गर्दे उनले आगामी आर्थिक वर्षदेखि लागूहुने गरी नागरिकलाई निःशुल्क विद्युत् उपल्ब्ध गराउने घोषणा भएको हो ।

गाउँपालिकाभित्रका नागरिकले सामान्य बिजुलीको बिल तिर्न जिल्ला सदरमुकाम फुङ्लिङ आउनुपर्ने बाध्यता रहेको भन्दै त्यसबाट छुटकारा दिलाउन यस्तो निर्णय गरेको पोमूले बताए । यस्तै विद्युतीकरण हुन बाँकी रहेको गाउँमा पनि छिट्टै विद्युत् विस्तार गर्ने उनले जानकारी दिए ।

“गाउँपालिकाभित्रका नागरिकले न्यूनतम विद्युत् महसुल तिर्न पनि सदरमुकाम पुग्नुपर्ने बाध्यता छ, अब सरकारी कार्यालय, उद्योग र सङ्घ संस्थाबाहेकको विद्युत् महसुल छुट हुनेछ”, उनले भने । करिब दुई हजार २०० घरधुरी रहेको यस गाउँपालिकालाई उज्यालो पालिका बनाउने उनले योजना रहेको बताए।

उाले यही आर्थिक वर्षभित्रै प्राविधिक अध्ययन गरी आगामी आवबाट लागू हुनेगरी पालिकाभरिका नागरिकलाई विद्युत् महसुल छुट दिने पहिलो निर्णय गरेका हुन।