Dhulikhel Eco Banner new

साल्ट ट्रेडिङ्ग कर्पोरेसनको बोनस सेयर नेप्सेमा सूचीकृत

5.77K
shares

काठमाडौं, १० जेठ । साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने २ लाख ३० हजार ४८२ दशमलव ९०कित्ता बोनस सेयर मंगलबार सूचीकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७÷७८ बाट चुक्ता पूँजीको १० प्रतिशत बोनस र कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.५० प्रतिशत नगद लाभांश वितरण हो ।

उक्त बोनस सेयरसाल्ट ट्रेडिङ्गले चैत ३० गते बुधबार सम्पन्न कम्पनीको ५५ औं वार्षिक साधारण सभाबाट पारित भएको थियो ।

कर्पोरेशनले साधारण सभा प्रयोजनार्थ तथा लाभांश वितरणका लागि चैत १५ गते मंगलबारदेखि चैत ३० गतेसम्म सेयर दाखिल खारेजी (बुकक्लोज) गरेको थियो । बुकक्लोज अनुसार चैत १४ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र उक्त बोनस प्राप्त गर्न सक्नेछन् ।