अमेरिकी डलरको मूल्य स्थिर, कुन देशको विनिमय कति ?
वि.सं.२०८० भदौ १८ सोमवार ११:२०
shares

काठमाडौं, १८ भदौ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसअनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । स्थिर रहेको अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०५ पैसा र बिक्री दर १३२ रुपैयाँ ६५ पैसा रहेको छ भने, युरो एकको खरिद दर १४२ रुपैयाँ २८ पैसा र बिक्री दर १४२ रुपैयाँ ९३ पैसा पुगेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २५ पैसा र बिक्री दर १६७ रुपैयाँ ०१ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।















