Dhulikhel Eco Banner new

१० हजारलाई रोजगारी दिने नाफ्सको योजना, सहकार्यका लागि आह्वान

10.34K
shares

काठमाडौं, १० कात्तिक । नेसनल एकेडेमी फर फाइनान्सीयल सर्भिसेस (नाफ्स) ले एक वर्षमै १० हजारलाई रोजगारी दिने गरी योजना अघि सारेको छ । मुलुक आर्थिक संकटको भूमरीमा पर्न पारेको र रोजगारीको ठूलो समस्या समेत रहेको भन्दै नाफ्सले यस्तो योजना बनाएको हो ।

नाफ्सका अध्यक्ष रमेशकुमार भट्टराईका अनुसार एक वर्षमा न्युनतम ७ हजारदेखि १० हजार सम्मलाई रोजगारी दिने गरी योजना बनाइएको छ । कम्पनीले विज्ञप्ति निकाले सहकार्यका लागि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुलाई आह्वान गरेकोछ ।

‘संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत पनि हुने भएकोले सहकार्यको लागि वित्तीय संस्थाहरु, बीमा कम्पनीहरु, रोजगारी श्रृजना गर्न बजेट र काम पाएका सरकारी तथा अर्ध सरकारी निकायहरु र अन्तर्राष्ट्रिय संघ–संस्थाहरुलाई आह्वान गर्दछौ’ अध्यक्ष भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तपाईको प्रारम्भिक सहमति पछि परियोजनाको बिस्तृत डिजाईन उपलब्ध गराई छलफल गरिने छ ।’