भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री, घाइतेलाई हेलिकप्टरबाट उद्धार गरिने
वि.सं.२०८० कात्तिक १८ शनिवार ०७:११
6.85K
shares
shares

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् ।
नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
जाजरकोटको बारेकोट केन्द्रविन्द्र भएर राति पौने १२ बजे गएको भूकम्पले नलगाड नगरपालिका, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ ।


















