Dhulikhel Eco Banner new

भूकम्पले उपमेयरसहित ९२ जनाकाे मृत्यु, ५३ घाइते

10.17K
shares

काठमाडौं, १८ कात्तिक । मध्यरातमा गएको भूकम्पमा परी जाजरकोटमामात्रै ९२ जनाकाे मृत्यु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस सल्लाहकार गाेविन्द आचार्यका अनुसार ९२ जनाकाे मृत्युु भएको र ५३ जना घाइते भएको विवरण प्राप्त भएको छ ।

प्रधानमन्त्री दाहाल हेलिकप्टरबाट प्रभावित क्षेत्र तर्फ प्रस्थान गरेका छन् । भूकम्पमा परेर  जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए ।