Dhulikhel Eco Banner new

बिन्ध्यबासिनी हाइड्रोको आईपीओ जेठ २० गतेबाट खुुल्दै

5.2K
shares

काठमाडौं, १३ जेठ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गतेदेखि सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । कुल निष्काशन गरिने सेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका इकाईका लागि सुरक्षित गरिएको छ । बाँकी १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओ जेठ २० गते शुक्रबारदेखि २५ गते बुधबारसम्म बिक्री खुला हुनेछ । आईपीओमा मेरो सेयरको मोवाइल एप, तथा वेबसाइटबाट आवेदन दिन सकिनेछ । यसैगरी नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्य लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि कम्पनीे गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डबल बी प्लस आईएस’ रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिममा रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।