GBIME

एनआईसी एशिया ग्रोथ फण्ड–२ मा किन लगानी गर्ने ? (भिडियोसहित)

5.64K
shares

एन आईसी एशिया ग्रोथ फण्ड–२ निष्काशन शुरु भएको छ । एन आईसी एशिया ग्रोथ फण्ड–२ भनेको म्युचुअल फण्ड स्किम हो । यो एन आईसी एशिया क्यापिटलले सञ्चालन गरेको छैठौँ म्युचुअल फण्ड स्किम र क्लोजिङ डेट बन्दमुखी योजनाको पाँचौ हो ।


एन आईसी एशिया ग्रोथ फण्ड एन आईसी एसिया क्यापिटलको फस्ट म्युचुअल फण्ड थियो । त्यसले पाएको रिर्टनले नै क्यारी फरबार्ड गर्ने हिसाबले यो फण्ड–२ मसिंर ४ गतेवाट निष्काशन गरिएको छ । यो मसिंर ७ गतेसम्म इस्यू ओपन हुन्छ र एक्सेन्डेड पिरियड मंसिर १८ सम्म रहेको छ ।

यसको विशेषता भनेको टोटल फण्डलाई २ वटा पार्टमा छुट्याइएको छ । एउटा इक्युटि यसमा पनि सेकेण्डरी मार्केट इन्भेस्मेन्ट र बाँकी फिक्स इनकम इन्ट्रिमेन्ट त्यो भनेको डेफ्ट डिभेन्चरहरु, बैंकको मुद्दती निक्षेप र बाँकी पैसा अकाउन्टमा बस्छ । ७५ प्रतिशत इक्यिुटिमा जान्छ र बाँकी २५ प्रतिशत एफडी, डीभेन्चर र बैंक अकाउन्टमा बस्छ । इक्यिुटिका एक्सट्रा इन्भेस्ट गरेर बढी रिर्टन कमाउने हिसाबले यो फण्ड निष्काशन गरिएको हो ।

म्युचुअल फण्ड भनेको सानो सानो लगानी कर्तावाट फण्ड कलेक्ट गरेर बजारमा लगानी गरिन्छ । अहिले बजार बटममा आएर बसेको जस्तो अवस्था छ । यो बटममा आएर बसेको नै २ वर्ष भन्दा बढी भइसकेको छ। अब यो भन्दा बढी जादैँन भन्ने हिसाबले अहिले लगानी गर्दा ठिक हो ।

यसमा लगानी गर्दा एनआईसी एसीया क्यापिटलको एस्पर्ट टिमले रिक्स वेयर गरेर लगानीमा बढी भन्दा बढी रिर्टन दिने हिसाबले लगानी गर्ने भएकाले यसमा लगानी गर्नु फाइदा हुन्छ ।

निष्काशन भएको दोस्रो दिनमा ३० हजार बढी लगानीकर्ताले लगानी गरी सकेका छन् । मेरो शेयर, एन आईसी एसिया बैंकको मोवाइल एप र सिआस्बा मेम्बर्स इन्टिटुसनवाट गर्न सकिन्छ ।

एन आईसी एशिया क्यापिटलले एउटा नारा लिएर अगाडी बढेको छ ‘अहिले लगानी नगरे कहिले गर्ने ?’ यो सहि समय हो र अहिले लगानी गर्दा बढी नाफा कमाउँन सकिन्छ भन्ने हिसाबले निर्धक्कका साथ लगानी गर्दा हुन्छ भन्न चाहन्छु ।

(घिमिरे एनआईसी एशिया क्यापिटलका चिफ इन्भेष्टमेन्ट अफिसर हुन् ।)