Dhulikhel Eco Banner new

सरकारी लगानीको नेप्से नाफामै छ, किन चाहिँयो अर्को स्टक एक्सचेञ्ज ?

13.3K
shares

काठमाडौं, ६ मंसिर । नेपाल धितोपत्र बोर्ड नयाँ स्टक एक्सचेञ्जको सञ्चालन अनुमति दिन कम्मर कसेर लागेको छ । यसमा अर्थमन्त्रालयको पनि सहमति छ । नयाँ स्टक एक्सचेञ्ज चाहिन्छ कि चाहिदैन भन्ने बहस चलिरहेका बेला बैंकिङ विज्ञ भुवन दाहालले भने नयाँ स्टक एक्स्चेञ्जको आवश्यकता नरहेको बताएका छन् ।

केटिएम भ्वाइस डटकमसँगको अन्तरवार्ताका क्रममा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष समेत रहेका दाहालले सरकारी लगानीको स्टक एक्सचेञ्जले राम्रै गरिरहेका बेला नयाँ आवश्यक नपर्ने तर्क गरेका हुन् । अहिले नेपालमा एउटामात्रै स्कट एक्सचेञ्ज ‘नेपाल स्कट एक्सचेञ्ज’ छ । नेपाल स्कट एक्सचेञ्ज –नेप्से)मा ९० प्रतिशत शेयर सरकार र सरकारी संस्थाहरुकै छ ।

नेप्से नाफामै भएको र राम्रै काम समेत गरिरहेकाले अर्को प्राइभेट सेक्टरलाई स्टक एक्सचेञ्जको लाइसेन्स दिनु गलत हुने दाहालको धारणा छ । ‘नेपाल स्टक एक्सेञ्जमा ९० प्रतिशत सरकार र सरकारी संस्थाहरुको लगानी छ, नाफामै चलिरहेको छ’ उनले भने, ‘यसलाई कति चाँडै पाइभेट सेक्टरलाई दिने भनेर लागि परिराख्नु भएको छ उहाँहरु, मलाई के लाग्छ भने अहिलेको पाराले अर्थतन्त्र सुध्रिदैन ।’

कांग्रेस–कम्युनिष्टहरु व्यापारीहरुसँग रकम असुलीमा लागेको टिप्पणी गर्दै बैंकिङ विज्ञ दाहालले भने, ‘यहीँ तरिकाले त कसरी देशको अर्थतन्त्र सुध्रिएला ?’

बैंकर्स संघका पूर्व अध्यक्ष दाहालसँग गरिएको कुराकानीको पूर्ण पाठ आज साझ केटिएम भ्वाइसमा प्रकाशन हुँदैछ ।