Dhulikhel Eco Banner new

सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै, कतिमा हुँदैछ कारोबार ?

4.65K
shares

काठमाडौं, ११ मंसिर । आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत कात्तिक ११ गते नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज फेरि रेकर्ड ब्रेक गरेको हो ।

सोमबार ५ सयले बढेसँगै सुनको मूल्यले रेकर्ड राखेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन प्रतितोला १ लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । १५ रुपैयाँले बढेको चाँदी प्रतितोला १ हजार ५०० रुपैयाँ पुगेको छ।