Dhulikhel Eco Banner new

राजस्थान रोयल्स आईपीएलको फाइनलमा

5.28K
shares

काठमाडौं, १४ जेठ । राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । राजस्थानले शुक्रबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गर्दै अन्तिम दुईमा स्थान बनाउन सफल भएको हो ।

फाइनलको यात्रा तय गर्ने क्रममा राजस्थानले बैंगलोरले दिएको १५८ रनको लक्ष्य १८.१ बलमा ३ विकेटकफ क्षतिमा भेटायो । उसका ओपनर जोस बट्लरको नटआउट १०६ रनको योगदान दिए । यस्तै, कप्तान सन्जु सामसनले २३, याशभी जैशवालले २१ रनेको पारी खेले । बलिङतर्फ बेंगलोरका जोश हाजलउडले २ र वानिन्दु हसरंगा डी सिल्भाले एक विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारीत २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । उसका रजत पटीदारले ५८, कप्तान फाफ डु प्लेसिसले २५, ग्लेन म्याक्सवेलले २४ र साहबाज अहमेद १२ रनको योगदान गरे । राजस्थानका प्रसिद्ध कृष्ण र ओबेड म्याककोयले समाना तीन/तीन विकेट लिए । अब राजस्थानले फाइनलमा नवप्रवेशी गुजरात टाइटान्सको सामना गर्नेछ । गुजरात पहिलो क्वालिफायरमा राजस्थानलाई नै हराएर फाइनल पुगेको टोली हो । फाइनल खेल आइतबार राति सवा ८ बजे हुँदैछ ।