GBIME

ब्रोकर एसोसिएसनका पूर्व अध्यक्षको आरोप : बैंकहरु भनेका लाइसेन्सधारी मिटरब्याजी हुन्

1.03K
shares

काठमाडौं, २७ मंसिर । ब्रोकर एसोसिएसन नेपालका पूर्व अध्यक्ष प्रियराज रेग्मीले बैंकहरुलाई लाइसेन्सधारी मिटरब्याजीको संज्ञा दिएका छन् । पूर्व अध्यक्ष रेग्मीले बुधबार विहान आफ्नो सामाजिक सञ्जाल फेसवुकमा लेख्दै बैंकहरु अनुमति पाएका मिटरब्याजी भएको बताएका हुन् । केही समय अघिसम्म बैंकहरुले ब्याजदर बढाइरहेका थिए ।

आगामी मंसिर महिनाका लागि भने बैंकहरुले ब्याजदर घटाएर सार्वजनिक गरेका छन् । बैंकहरुले धमाधम ब्याजदर घटाउन थालेपछि उनले अब भने बुद्धि फिरेको बताएका छन् । उनले फेसवुकमा लेखेका छन्, ‘ब्याज घटाउने प्रतिष्पर्धा हेर्दा लाइसेन्सवाला मिटरब्याजीहरूको बुद्धि फिरेको हो कि भन्ने लागिराछ !’