Dhulikhel Eco Banner new

नेप्सेको आयोजनामा निवन्ध लेखन प्रतियोगिता, पहिलो हुनेले ७५ हजार पाउने

5.97K
shares

काठमाडौं, १ पुस । नेपाल स्टक एक्सचेञ्जले पुँजी बजार साक्षरता लागि भन्दै निवन्ध लेखन प्रतियोगिता गर्ने भएको छ । नेप्सले ‘नेपालमा सुदृढ लगानीकर्ताका लागि पुँजी बजार साक्षरता’ विषयमा निवन्ध लेखन प्रतियोगिता गर्न लागेको हो ।

सार्वजनिक सूचना जारी गर्दै नेप्सले स्नात्तकोत्तर अध्ययनरत सबैले प्रतियोसगतामा भाग लिन सक्ने नेप्सेले जनाएको छ । प्रतियोगितामा भाग लिन चाहानेले पुस १५ गतेभित्र २ हजारदेखि २ हजार ५ सय शब्दभित्रको निवन्ध लेखेर नेप्सेमा पुर्याउनु पर्ने ।

नेप्सेमा प्राप्त निवन्धहरुले प्रथम हुनेलाई ७५ हजार रुपैयाँ, दोस्रो हुनेलाई ५० हजार रुपैयाँ र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार उपलब्ध गराउने सूचनामा उल्लेख छ । प्रतियोगितामा भाग लिन चाहनेले एआई प्रयोग गरेर निवन्ध लेख्न भने पाइने छैन ।