GBIME

प्राइम कमर्सीयल बैंकका लगानीकर्ताको हात खाली, लाभांश नदिने घोषणा

936
shares

काठमाडौं, ३ पुस । प्राइम कमर्सियल बैंक लिमिटेडले आर्थिक वर्ष २०७९÷८० का लागि कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको यो निर्णय सँगै यस पटक प्राइम कमर्सीयलका लगानीकर्ताहरुको हात रित्तो हुने भएको हो ।

मंगलबार बसेको ४८७ औँ बोर्ड बैठकले बैंकले आर्थिक वर्ष २०७९÷८० का लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । वित्तीय विवरण नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि यो निर्णय लागू हुनेछ ।