नेपाल बैंकको सीईओमा पाण्डेय नियुक्त
वि.सं.२०८० पुस ६ शुक्रवार १९:४६
8.92K
shares
shares

काठमाडौं, ६ पुस । नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा तिलकराज पाण्डेय नियुक्त भएका छन् ।
शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा पाण्डेयलाई नियुक्त गरेको हो ।
नियुक्तिसँगै पाण्डेयको कार्य अवधि ४ वर्षको हुनेछ ।उनीसँग भिवोर विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको अनुभव छ ।
















