Dhulikhel Eco Banner new

हाथवे र फस्र्ट माइक्रोफाइनान्सको बुकक्लोज भोलि, घोषित लाभांश पाउन आजसम्म शेयरधनी बन्नुपर्ने

4.91K
shares

काठमाडौं, ११ पुस । लाभांश घोषणा गरेका हाथवे इन्भेष्टमेन्ट र फस्र्ट माइक्रोफाइनान्सले भोलि बिहीबार साधारणसभा प्रयोजनका लागि बुक क्लोज गर्दैछन् । अर्थात यि कम्पनीहरुले घोषणा गरेको लाभांश पाउन तथा साधारणसभामा भाग लिनका लागि आज बुधबारसम्म शेयरधनी बनेको हुनुपर्नेछ ।

हाथवेले हाल कामय चुक्ता पूँजीको १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने ०.५२६ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २६ गते, बिहीबार लैनचौर ब्याङ्क्वेट, लैनचौर काठमाडौँमा १५ औँ वार्षिक साधारण सभा बोलाएको छ।

त्यसैगरी, फर्स्ट माइक्रोफाइनान्सले पुस २८ गते, शनिबार आम्रपाली व्याङ्केट, भाटभटेनी, काठमाडौँमा चौधौँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ७.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।