उड, फर्निचर तथा होम डेकोर अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै
वि.सं.२०८० पुस १८ बुधवार ११:५६
shares

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले संयुक्त आयोजनामा उड, फर्निचर तथा होम डेकोर अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ ।
फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बंधी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरु प्रदर्शनी हुने भएको छ । नवौं संस्करण यहि पौष २०, २१ र २२ गते काठमाण्डौ को भृकृटीमण्डप मा आयोजना हुने भएको हो ।
प्रदर्शनीमा १०० भन्दा बढि स्टल रहने आयोजकले जनाएको छ । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनिका डिलर, सब डिलर र बिक्रेताहरुले काठ ब्यबसायको बरेमा र र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधि को बारेमा जान्न सकिने आयोजकले बताएको छ । यस्ता प्रदर्शनी बिगत ८ वर्ष देखी गर्दै आएको आयोजकले जनाएको छ ।
प्रदर्शनीमा सहयोगी संस्थाको रुपमा सोसाइटी अफ नेपालिज आर्कीटेक्ट, इन्टेरियर डिजाईनर एस्सोसियेशन नेपाल, सामुदायिक वन उपभोगता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ र नेपाल प्लाईउड उत्पादक संघ छन भने ल्यानयार्ड पार्टनरको रुपमा फर्निचर हब रहेको छ ।
यस प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादन सम्बन्धि कार्यहरुमा पनि सकारात्मक भुमिका निर्वाह गर्ने विश्वास लिएका छौँ ।















