GBIME

कालिका इनर्जीको साधारणसभा माघ १२ गते हुने

642
shares

काठमाडौँ, २० पुस । कालिका इनर्जी कम्पनी लिमिटेडले आर्थिक वर्ष ०७९–०८० को वार्षिक साधारणसभा गर्ने भएको छ । कमपनीको पुस १५ मा बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम माघ १२ गते साधारणसभा गर्ने भएको हो ।

सभा कम्पनीको रजिष्र्टड कार्यालय भरपुर–१० चितवनमा हुने भएको कम्पनीले जनाएको छ । सभा विहान १० बजेदेखि सुरुहुने कम्पनीले जनाएको छ ।

साधारणसभामा बार्षिक प्रदेवेदन माथि छलफल र पारित, गत आर्थिक वर्षको नाफा नोक्सान र नगर प्रवाहको विवरण माथि छलफल, चालु आर्थिक वर्षको लागि लेखा परिक्षक नियुक्ती र पारिश्रमीक निर्धारण, गत आर्थिक वर्षका सञ्चालक समितिले गरेको निर्णय अनुमोदन, प्रतिनिधि चयान र विविध प्रस्तावहरु रहेका छन् ।