सानिमा रिलायन्स इन्स्योरेन्सको छैठौँ साधारणसभा माघ ११ गते
वि.सं.२०८० पुस २० शुक्रवार ११:३०
shares

काठमाडौँ, २० पुस । सानिमा रिलायन्स लाईफ यन्स्योरेन्सको छैठौँ वार्षिक साधारणसभा माघ ११ गते विबहिबार हुने भएको छ । कम्पनीको गत पुस १७ गते बसेको १३ औँ सञ्चालक समितिको बैठकले माघ ११ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।
सभा काठमाडौंको नम्सालमा रहेको अग्रपाली बैंक्वेट भाटभटेनीमा विहान ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ । कम्पनीनका अनुसार गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन पेस, चालु आर्थिक वर्षको लोखापरिक्षक नियुक्ती र उसको पारिश्रमीक तोक्ने, गत आवको लेखा परिक्षण प्रतिवेदन पेस, नाफा–नोक्सान लागायतको प्रस्तावहरु रहेको छ ।
लेखापरिक्षकमा पूनः सुजन काफ्लेलाई नै नियुक्ति गर्ने कम्पनीको प्रस्ताव रहेको छ । त्यसका साथै सञ्चालक समितिको निर्वाचन समेत हुने कम्पनीले जनाएको छ ।
जसमा संस्थापक समुहबाट ४ जना र सर्वसाधारण समुहबाट २ जना निर्वाचित हुने छन् । सर्वसाधाण समुहका तर्फबाट निर्वाचनमा भाग लिन कम्तीमा कम्पनीको एक सय कित्ता शेयर किनेको हुनुपर्ने कम्पनीले जनाएको छ ।
त्यसका साथै कम्पनीले सञ्चालकहरुको सुविधा परिमार्जन गर्ने समेत विषेश प्रस्ताव समेत गरेको छ । कम्पनीको शेयरधनी दर्ता पुस्तिका पुस २६ गते एक दिन बन्द हुने कम्पनीले जनाएको छ ।
कम्पनीको बारेमा कुनै विषयमा छलफल गर्ने चाहेमा सधारणसभा हुनु भन्दा ७ दिन अगाडि नै लिखित रुपमा बुझाउनुपर्ने कम्पनीले जनाएको छ ।
निर्वाचन समबन्धि सम्पुर्ण कार्याक्रम निर्वाचन अधिकृतले सूचना प्रशासन गरे बमोजिम हुने कम्पनीले जनाएको छ । यदि कम्पनीको कुनै विषयमा बुझ्न परेमा कम्पनीले आधिकारीक वेबसाईट र काठमाडौँको नयाँ बानेश्वरमा रहेको इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा आएर समेत बुझ्न सकिने कम्पनीले जनाएको छ ।

















