विन नेपाल लघुवित्तमा रोजगारीको अवसर (विज्ञापनसहित)
वि.सं.२०८० पुस २० शुक्रवार १७:००
shares

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडमा जागिर खुलेको छ । नायव प्रमुख कार्याकारी अधिकृत एक जना, विभागीय प्रमुख केही, सूचना प्रविधि विभाग एक जना, अनुगमन अधिकृत २ जना कर्मचारी माग गरेको छ ।
त्यस्तै, व्यवस्थापन प्रशिक्षार्थि, शाखा प्रमन्धक(सुपरभाइजर/वरिष्ठ सहायक), सहायक/कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थीमा संस्थाले केही कर्मचारी माग गरेको छ ।
कम्पनीका आनुसार सहायक श्रेणीमा १८ वर्ष पुरा भई ३५ वर्ष, अधिकृत र व्यावस्थापकिय श्रेणीमा २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ । तर, महिलाको हकमा भने ५ वर्ष थप हुने कम्पनीले जनाएको छ ।
आवेदन दिएका मध्यबाट छनोट गरि अन्तर्वार्ताको लागि बोलाईने कम्पनीले जनाएको छ । सूचना प्रकाशन भएको मिटिले १५ दिन भित्र निवदन, बायोडाटा फोटो सहित ई–मेल मार्फत संस्थाको केन्द्रीय कार्यालयमा पेस गर्नुपर्ने छ ।
















