Dhulikhel Eco Banner new

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १६.८४ प्रतिशात लाभांश दिने

5.71K
shares

काठमाडौ, २५ पुस  । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।

कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो।

कम्पनीले हाल कायम चुक्तापुँजी ४ अर्ब रुपैयाँको कुल १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

जस अनुसार १६ प्रतिशतले हुन आउने ६४ करोड रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.८४ प्रतिशतले आउने ३ करोड ३६ लाख ८४ हजार २११ रुपैयाँ नगद लाभांश रहेको छ।

कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पछ्यात वार्षिक साधारणसभामा प्रस्तुत गरिने छ।