एनआईसी एशिया बैंकको ब्याजदर ०.६०५ प्रतिशत घट्ने
वि.सं.२०८० पुस २५ बुधवार १२:५५
3.65K
shares
shares

काठमाडौँ, २५ पुस । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशित गरेको छ।
माघ १ गते देखि लागु हुने भनेर प्रकाशित गरिएको सूचनामा बैंकले माघ महिनाका लागि ब्याजदर घटाएको छ।
पुस महिनामा ८.६७ प्रतिशत रहेको बैंकको व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाएर माघ महिनादेखि ८.०६५ प्रतिशत तय गरेको छ । बैंकले ब्याजदर ०.६०५ प्रतिशत विन्दुले घटाएको हो।
संस्थागत निक्षेपमा बैंकको अधिकतम ब्याजदर ६.०६५ प्रतिशत रहेको छ। जुन पुस महिनामा ६.६७ प्रतिशत रहेको थियो।



















