GBIME

एनएमबि बैंकको अध्यक्षमा मनोज कुमार गोयल चयन

822
shares

काठमाडौँ, २७ पुस । एनएमबि बैंकका संचालक समितिका अध्यक्षमा मनोज कुमार गोयल चयन भएका छन् । २६ गते, बिहिबार, राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाण्डौंमा २८औँ वार्षिक साधारणसभाबाट गायल अध्यक्षमा चयन भएका हुन् ।

बैंकका सञ्चालक समितिमा जीवन कुमार कट्वाल निर्वाचितसमेत निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण शेयरधनीहरुको समुहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र श्री हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् ।

बैंकको एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाएको छ ।

बैंकको २०८० आषाढ सम्ममा खुद नाफा ३ अर्ब २२ करोड रुपैयाँ, निक्षेप २१३.०४ अर्ब र कर्जा रु.१९७.४७ अर्ब रहेको छ ।

बैंकको २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू रहेको छ ।