गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको २२ औं वार्षिक साधारणसभा सम्पन्न
वि.सं.२०८० पुस २९ आइतवार ११:२०
shares

काठमाण्डौं, २९ पुष । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको २२ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । गुहेश्वरी भवन, पुल्चोक ललितपुरमा सभा सम्पन्न भएको हो ।
सभामा कम्पनीका संचालक समितिका अध्यक्ष युवराज भण्डारीले आ.व. २०७९÷८० को वार्षिक प्रतिवेदन पेश गरेकामा छलफल गरि पारित भएको छ ।
हाल फाइनान्सको मिति २०८० पौष २७ गते सम्ममा कुल निक्षेप ८ अर्व १८ करोड र कुल कर्जा लगानी ६ अर्व रहेको बताइएको छ ।
राष्ट्रियस्तरको यस फाइनान्सले हाल देशभर २३ वटा शाखा कार्यालयहरु र ४ वटा विस्तारित काउन्टरबाट ग्राहकहरु माझ आफ्नो वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।
कारोबार विस्तारको लागि निकट भविष्यमा विभिन्न संभाबित स्थानमा थप शाखा विस्तार गर्ने योजना रहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताएका छन ।









