सुपर मादी हाइड्रोपावरको आयोजना सञ्चालन भएको ३ महिनामै लाभांश वितरण गर्ने
वि.सं.२०८० पुस २९ आइतवार ११:४१
shares

काठमाडौँ, २९ पुस । सपर मादी हाइड्रोपावर लिमिटेडको १३ औँ र १४ औँ साधारणसभा सम्पन्न भएको छ । शनिबार होटेल इम्पेरीयल बत्तीसपुतली, काठमाडौँमा सभा सम्पन्न भएको हो ।
सभाले लाभाशं वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । आयोजना संचालनको ३ महिनामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
सभामा कम्पनिका अध्यक्ष पुष्प ज्योति ढुंगानाले आर्थिक वर्ष २०७८–७९ र आर्थिक वर्ष २०७९–८० को पेस गरेका थिए भने सभाले पारित गरेको थियो ।
कम्पनीले ताप्लेजुंगको तमोर नदिमा निर्माणाधीन २८५ मेघवाट क्षमताको अपर तमोर जलबिधुत आयोजनामा लगानी गर्ने समेत भएको छ ।
कम्पनिको आगामी ४ बर्षको लागि संस्थापक शेयरधनीको तर्फबाट ५ जना संचालक पुष्प ज्योति ढुंगाना, रघुनाथ पुरी, धन राज आचार्य, मित्र प्रसाद काफ्ले र बाबुराम थापा निर्बिरोध निर्बाचित भएका छन् । त्यस्तै, सर्बसाधारण शेयरधनीको तर्फबाट संचालकमा अरुणा पराजुली र स्वतन्त्र संचालकमा बिष्णु प्रसाद पाण्डेय सर्बसम्मतीले निर्वाचित भएका छन् ।
कम्पनीको सुपर मादी जलबिधुत आयोजना कास्कीको मादी नदिमा रहेको आयोजना ४४ मे.वा. को रहेको छ । सो आयोजनाको निर्माण गत वर्ष सम्पन्न भई ब्यापारिक उत्पादन २०७९ चैत्र २७ गते देखि नेपाल बिधुत प्राधिकरणको रास्ट्रीय ग्रिड प्रणालीमा जडान भएको कमपनीले जनाएको छ ।









