Dhulikhel Eco Banner new

मिर्मिरे लघुवित्तले गर्याे कमालकाे प्रगति, नाफासँगै अधिकांश सूचकहरु सुधार

49.88K
shares

काठमाडौं, ३ पुस । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दाेस्राे त्रैमासमा निकै राम्रो प्रगति गरेको छ । बुधबार मिर्मिरेले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ३ कराेड ४० लाख रुपैयाँ भन्दा धेरै नाफा कमाएको छ ।

अघिल्लो त्रैमासमा मिर्मिरे करिब ४ कराेड घाटामा थियाे । संस्थाको निस्कृय कर्जा (एनपिएल) मा पनि सुधार देखिएको छ । अघिल्लो त्रैमासमा ६ प्रतिशत माथि रहेको एनपिएल घटेर ४.५१ प्रतिशतमा झरेको छ ।

संस्थाको कुल निक्षेप २ अर्ब ५९ करोड ४६ लाख पुगेको छ भने ऋण ८ अर्ब २६ कराेड ६४ लाख पुगेको छ । प्रतिशेयर आम्दानी १०.२२ रुपैयाँ रहेको मिर्मिरेकाे चुक्ता पुँजी ६६ करोड ५७ लाख रुपैयाँ रहेको छ । राष्ट्रियस्तर कार्यक्षेत्र रहेको संस्थाको ६७ जिल्लामा शाखा विस्तार गरिसकेको छ भने ६४९ कर्मचारीहरु कार्यरत छन् ।

मिर्मिरेकाे नेतृत्व कामू प्रमुख कार्यकारी अधिकृतका रुपमा मीनबहादुर बाेहराले गरिरहेका छन् । नेतृत्वमा आएपछि बाेहराले मेचीमहाकाली अभियान नै गरेका थिए । पूर्वदेखि सुदुरपश्चिमसम्म पुगेर नेतृत्वले देखाएको सकृयता मिर्मिरेकाे वित्तीय विवरणमा देखिएको छ ।

यस संस्थाले गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीलाई ६ प्रतिशत लाभांश दिने निर्णय गरि राष्ट्र बैंकमा स्वीकृतिका लागि निवेदन दिएको छ ।