Dhulikhel Eco Banner new

लक्ष्मी सनराइज बैंकको ई–कमर्स अक्वायरिङ सेवा सुरु

3.43K
shares

काठमाडौं, ५ माघ । लक्ष्मी सनराइज बैंकले ई–कमर्स अक्वायरिङ गेटवे सेवा सञ्चालनमा ल्याएको छ। नेप्सअन्तर्गत ई–कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराइज पहिलो बैंक बनेको छ। यो सेवा नेप्स र भिसाका सहायक संस्था, साइबरसोर्ससँगको सहकार्यमा विकास गरिएको बैंकले जनाएको छ।

सेवा सञ्चालनपछि अब बैंकका व्यापारी ग्राहकले ई–कमर्स प्लेटफर्ममार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्नेछन्। ई–कमर्स अक्वायरिङ गेटवे व्यापारीका निम्ति ग्राहकमार्फत भुक्तानी लिन सजिलो माध्यम हुने बैंकले बताएको छ।

उक्त प्लेटफर्मबाट व्यापारीले विश्वव्यापी रुपमा अनलाइन कारोबार स्वीकार्न सक्नेछन् भने उपभोक्ताले भौतिक उपस्थितिबिनै सहज रूपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन्। यो सुविधाले देशको ई–कमर्स कारोवार बढाउने नेप्स तथा लक्ष्मी सनराइज बैंकले विश्वास लिएका छन्।

बैंकले हाल २६३ शाखा, २८ एक्सटेन्सन काउन्टर , ३२८ एटीएम, १४१ शाखारहित इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ।