सुर्यज्योति लाइफका सिईओ खत्रीलाई प्राधिकरणले लियो स्पष्टिकरण
वि.सं.२०८० माघ ५ शुक्रवार १८:५०
6.88K
shares
shares

काठमाडौं, ५ माघ । बीमा कम्पनीको रकम दुरुपयोग गरेको विषयमा सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ प्रकाश बिक्रम खत्री नेपाल बीमा प्राधिकरणले बयान लिएको छ ।
प्राधिकरणका प्रबक्ता राजुरमण पौडेलले सुर्यज्योतिका सिईओसँग स्पष्टिकरण लिइएको जनाकारी दिएका छन् । सिइओ सिहितको टोलीलाई बोलाएर सोधिएको प्रवक्ता पौडेलले बताए ।
‘हामीले उहाँहरु(सूर्यज्योतिका सिईओ)लाई बोलाएर जानकारी लिएका हौँ’, पौडेलले केटिएम भ्वाइसँग भने, ‘अब इजालसमा लग्ने कुरा भएको छ ।’
सिइओलाई बीमा जालसाजी गरेको उजुरीका आधारमा स्पष्टिकरण सोधिएको हो ।
















