Dhulikhel Eco Banner new

नेपाल बैंकको ५९ करोड रुपैयाँ खुद नाफा

3.97K
shares

काठमाडौं, ६ माघ । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा ५९ करोड रुपैयाँ गरेको छ । बैंकको वितरणयोग्य मुनाफा ५६ करोड ९० लाख रुपैयाँ ऋणात्मक रहको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ७ रुपैयाँ ७५ पैसा ऋणात्मक रहेको छ।

बैंकको विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.६० प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको ६ महिनाको अवधिमा १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २०.४० प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ३७.८१ प्रतिशत, कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २२७८ प्रतिशतले बढेको छ।

६ महिनामा बैंकको खराब कर्जा ३.११ प्रतिशतबाट बढेर ४.५० प्रतिशत, इम्पेरमेन्ट चार्ज ५१ करोडबाट बढेर २ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। चालु आवको ६ महिनामा बैंकको मूल्य आम्दानी अनुपात २९.३७ गुणा र प्रतिशेयर नेटवर्थ २५२ रुपैयाँ ५४ पैसा रहेको छ।

१४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २२ अर्ब ४४ करोड ५० लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले २ खर्ब ५८ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८१ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।