सांग्रिला डेभलपमेन्ट बैंकको नाफा १० करोड २ लाख, गत वर्षभन्दा ३९.८२ प्रतिशतले कम
वि.सं.२०८० माघ ६ शनिवार १२:५६
shares

काठमाडौं, ६ माघ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवारण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवारण अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले १० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत आवको ६ महिनाको अवधिको तुलनामा ३९.८२ प्रतिशतले कम हो । गत आवको ६ महिनाको अवधिमा बैंकले १६ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी ३.५९, कमिशन आम्दानी ४१.४० र कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ६.८३ प्रतिशतले बढेको सर्वजनिक वित्तीय विवरणमा छ । बैंकको सञ्चालन मुनाफा ३९.२१ प्रतिशत घटेको देखिएको छ।
बैंकको ६ महिनाको अवधिमा वितरणयोग्य मुनाफा २१ करोड ३६ लाख रुपैयाँ ऋणात्मक र प्रतिशेयर वितरणयोग्य मुनाफा १२ रुपैयाँ ४५ पैसा ऋणात्मक देखिएको छ ।
बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २२ पैसा घटेर ५ रुपैयाँ ८४ पैसामा झरेको छ भने मूल्य आम्दानी अनुपात ५४.७७ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ३९ पैसा रहेको छ।
बैंकको चुक्ता पूँजी ३ अर्ब ४३ करोड ९ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा १ अर्ब ११ करोड १२ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले ५१ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ६३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।



















