घरघरमा कृषि कर्जा पुर्याउन लघुवित्त कोष बनाइने
वि.सं.२०७९ जेठ १५ आइतवार १६:२४
4.55K
shares
shares
फाइल फोटो
काठमाडौं, १५ जेठ । सरकारले आगामी घरघरमा कृषि कर्जा पुर्याउन लघुवित्त कोष बनाइने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उनले कृषि क्षेत्रको रुपान्तरण गरी रोजगारी सिर्जना गर्ने, आयात निरुत्साहित गर्ने विषय बजेटको प्राथमिकतामा राखिएको बताए । गरिबी घटाउने, आत्मनिर्भर बनाउने यस्तो अभियान अघि बढाइने उनले बताए ।


















