चौधरी पक्राउ गरिएकोमा परिसंघको आपत्ति, तत्कालै रिहा गर्न आग्रह
वि.सं.२०८० माघ १८ बिहीवार १७:०८
shares

काठमाडौं, १७ माघ । व्यवसायी अरुण चौधरी पक्राउ परेकोप्रति नेपाल उद्योग परिसंघ (सिएनआई) ले आपत्ति जनाएको छ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । पक्राउ परेको केही घण्टामै पत्रकार सम्मेलन गरी सिएनआईले आपत्ति जनाएउदै छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नियन्त्रणमा रहेका चौधरीलाई यथाशीघ्र रिहा गर्न सिएनआईले सरकारसँग अनुरोध गरेको छ । पक्राउ परेका चौधरी डलर अर्बपति विनोद चौधरीका भाइ हुन् । उनलाई सिआईबीले बिहीबार राजधानीको लैनचौरबाट पक्राउ गरेको थियो ।
चौधरीमाथि जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा आफ्नो बनाएको आरोप छ । वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने सर्तमा तत्कालीन ‘च्याम्पियन फूटवेयर लिमिटेड’ खोलेको चौधरी समूहले केही वर्षपछि त्यो जग्गालाई आफ्नो निजी सम्पत्ति बनाएको बताइन्छ ।

















