Dhulikhel Eco Banner new

प्रोग्रेशिभ फाइनान्स लिमिटेडको २६ औं बार्षिक साधारण सभा सम्पन्न

3.15K
shares

काठमाडौं, २३ माघ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले २०८० माघ २२ गते सोमवार २६ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा संस्थाका अध्यक्ष किशोर कुमार महर्जनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

साधारणसभाले आर्थिक वर्ष २०७८÷७९को वित्तीय अवस्थाको विवरण, नाफा÷नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफल पश्चात पारित गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०७९÷८०का निम्ति बाह्य लेखापरीक्षकका रुपमा रन्जीव एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले आगामी चार वर्षका निम्ति छ सदस्यीय सञ्चालक समितिको निर्विरोध रुपमा चयन गरेको छ । सञ्चालकका रुपमा लक्ष्मी प्रसाद महर्जन, शंभु लाल डंगोल, सविना महर्जन, प्रज्वल कुमार दाहाल, राजभाई डंगोल र अनिश महर्जन आगामी चार वर्षका लागि चयन भएका छन् ।

कम्पनीको २२ शाखा र ४ वटा एक्सटेन्सन काउन्टबाट सेवाहरु प्रवाह गरिरहेको कम्पनीका प्रमुख सूचना अधिकारी प्रमोद भट्टराईले जानकारी दिए ।