एभरेष्ट बैंक र धनगढी नेत्रालयबिच विशेष छुट सम्झौता
वि.सं.२०८० माघ २३ मंगलवार १८:०८
shares

धनगढी, २३ माघ । एभरेष्ट बैंक लिमिटेड र धनगढी नेत्रालय प्रा. लि., धनगढी कैलाली बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त नेत्रालयको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।
बैंकका वरिष्ठ प्रबन्धक सतिश प्रताप सिंह र नेत्रालयका मेडिकल डाइरेक्टर डा. रविधर भण्डारीद्घारा हस्ताक्षरित उक्त सम्झौता भएको थियो । अस्पतालबाट ओपिडी तथा आईपिडी र चश्मा तथा फ्रेममा मा १० प्रतिशतसम्म साथै फार्मेसी तथा सर्जरीमा सेवामा ५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।















