Dhulikhel Eco Banner new

‘बीमा बजारको विश्वसनीयता बढाउन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अगाडि बढ्नुर्छ’

6.93K
shares

काठमाडौं, २८ माघ । नेपाली बीमा बजारको विश्वसनीयता बढाउनका लागि पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अगाडि बढ्नुपर्ने नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थासँगको समन्वयमा नेपाल बीमा प्राधिकरणद्धारा आयोजित बीमा क्षेत्रमा नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयन सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रम उनले यस्तो बताएका हुन् ।

“नेपाली बीमा बजारको विश्वसनीयता बढाउनका लागि पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अगाडि बढ्नुर्छ’’, उनले भने, ‘‘नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयनको तयारीका लागि समय दिइएको छ, अब कुनै द्धिविधा नराखी तोकिएको समयमै कार्यान्वयनमा जानुपर्छ ।”

नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयनमा बीमकहरूलाई सहजीकरण गर्न प्राधिकरण तयार रहेको अध्यक्षले बताए । “नेपाल वित्तीय प्रतिवेदन मानको कार्यान्वयनमा आउने समस्या क्रमिक रूपले समाधान गर्दै जानुपर्छ’’, सिलवालले भने, ‘क्षमता अभिवृद्धि गर्नुपर्छ, बीमकहरूले लगानीकर्तालाई बुझाउनुपर्छ, एक्च्युरीको अभाव परिपूर्ति गर्न देशका विश्वविद्यालयमा एक्च्युरी विज्ञान अध्ययनको व्यवस्था मिलाउन सम्बद्ध सबैले पहल गर्नुपर्छ ।”