Dhulikhel Eco Banner new

अरुण भ्याली हाइड्रोपावरको नाफा ५० प्रतिशतले कसरी घट्यो ?

3.97K
shares

काठमाडौं, १ फागुन । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण सार्वजनिक गर्दा ५० प्रतिशत भन्दा बढी खुद नाफा घटेको छ ।

पुस मसान्तसम्ममा कम्पनीले २ करोड ३२ लाख ६१ हजार रुपैयाँ नाफा गरेको छ भने गत आवको सोही अवधिमा ४ करोड ७३ लाख ६० हजार रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले ५०.८८ प्रीतशतले खुद नाफा घटेको छ ।

दोस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ३ करोड २० लाख १९ हजार रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८२.४४ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले निर्माण गरि सञ्चालनमा रहेको काबेली बी १ क्यासकेड जलविद्युत आयोजनामा बाढीको कारण क्षति भएकोले हाल विद्युत उत्पादन कार्य बन्द रहेको छ । सोही कारण कम्पनीको विद्युत बिक्री आम्दानी घटेको हो । कम्पनीको कुल खर्च ०.२३ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९९ पैसाले घटेर २ रुपैयाँ ४९ पैसामा झरेको छ । त्यस्तै, पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ४३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११० रुपैयाँ ३७ पैसा रहेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार रुपैयाँ रहेको छ भने अन्य इक्विटीमा ८ करोड २६ लाख रुपैयाँ रहेको छ ।