Dhulikhel Eco Banner new

अर्थमन्त्रीले पत्रकार सम्मेलन गरेर भने, ‘योजना आयोगले १८ खर्बको सिलिङ दियो’

4.54K
shares

काठमाडौं, ४ फागुन । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकिदिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन नै गरेर यसको जानकारी दिएका छन् ।

अर्थमन्त्री महतले घुमाउरो पारामा सिलिङप्रति असन्तुष्टि जनाएका छन् । उनले सिधै नभने पनि अर्थमन्त्रालयसँग पयौप्त छलफल नभएको आशय देखाएक छन् । यद्यपि, सिलिङका विषयमा कुनै विवाद नभएको उनले बताए ।

सिलिङ तोक्ने क्रममा सरोकारवाला निकायबिच निरन्तर छलफल हुने गरेको भएपनि कुनै विवाद भने नभएको उनले जानकारी दिए ।