Dhulikhel Eco Banner new

नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको तीन वर्षको साधारणसभा सम्पन्न

4.23K
shares

काठमाडौं, ७ फागुन । नेपाल बिटुमिन तथा ब्यारेल उद्योग लिको ३३, ३४ र ३५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको फागुन ६ गते अध्यक्ष प्रेमबहादुर श्रेष्ठको अस्वस्थताका कारण उद्योगका प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठको अध्यक्षतामा कम्पनीको मुख्य कार्यालय, कृष्णगल्ली, पुल्चोक, ललितपुरमा भर्चुअल माध्यम भिडियो कन्फरेन्स जुम मार्फत सम्पन्न भयो ।

सभामा शेयरधनीहरूको प्रश्नको जवाफको उत्तर प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठले दिएका थिए । उनले आ।व। २०७७/०७८, २०७८/०७९ र २०७९/०८० मा विगतमा इण्डियन आयल कर्पोरेशन ९आइओसी०बाट बल्क बिटुमिन आयात गर्दा हल्दिया रिफाइनरीको मात्र प्रयोग भइरहेको जनाकारी दिएका थिए । त्यस्तै, हाल आएर भारतमा रहेका नजिकका बरोनी तथा मथुरा रिफाइनरीहरूबाट समेत बल्क बिटुमिन ल्याउने कार्य भइरहेको जानकारी गराएका थिए । यसरी आयात गरिएका बल्क बिटुमिनलाई नेपालका सिमावर्ती नाकाहरूमा बिक्री डिपो स्थापना गरी बजार विस्तारलाई निरन्तरता दिएदिई बिक्री बढाउन पहल भएकोमा आ।ब। २०७९÷०८० मा बिक्री बृद्धि भएको सभालाई जानकारी गराए ।

साथै नयाँ रणनीतिक व्यापारिक साझेदारमार्फत बजारमा आउने सोचाई पनि रहेको बताए । त्यसैगरी यस उद्योगलाई निजीकरण गरिएका उद्योगहरूमध्ये नमूना उद्योगका रूपमा विकसित गर्दै लैजान आपूm तथा सञ्चालक समिति लागिपरेको बताए र अव वार्षिकरुपमै साधारणसभा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

विगतमा रहेको इमल्सन उत्पादन गर्ने पुरानो प्रविधिलाई प्रतिस्थापन गरी नयाँ डिजिटल अटोमेटिक प्रकृयाबाट सञ्चालनमा ल्याई उत्पादन समेत बृद्धि गरी बजारमा पठाउने गरिएको छ । यसैगरी बजारमा उठ्न नसकेको उधारो रकमहरू कानुनी प्रकृया अपनाई मुद्दाबाट सोको किनारा लागी पुराना रकमहरू उठ्ने क्रम जारी छ । सरकारले सडक निर्माणको पुरानो भुक्तानी निर्माण व्यवसायीहरूलाई उपलब्ध गराउने प्रतिवद्दता जनाए पनि हालसम्म पुरा गर्न नसकि रहेको अवस्थाले गर्दा निर्माण कार्यले गति लिन नसकेको जानकारी गराए ।

त्यसैगरी सभामा ३५ प्रतिशत शेयर लिने सर्वसाधारण तथा कर्मचारी कामदारको तर्पmबाट अशोक कुमार श्रेष्ठ र श्यामकृष्ण श्रेष्ठ यस उद्योगको सञ्चालकमा निर्विरोध निर्वाचित भएका थिए । त्यसैगरी स्वतन्त्र विशेषज्ञ सञ्चालकमा विकाश आचार्य चयन भए ।