Dhulikhel Eco Banner new

कृषि विकास बैंकले फागुन ३० गते सत्रौं साधारणसभा गर्ने

4.54K
shares

काठमाडौं, ८ फागुन । कृषि विकास बैंकले फागुन ३० गते सत्रौं वर्षिक साधारणसभा गर्ने भएको छ । केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजेदेखि साधारणसभा हुने बैंकले जनाएको छ ।

बैंकले फागुन १७ गते शनिबारदेखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । फागुन १५ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउँने बैंकले जनाएको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल गर्ने, इक्विटीमा भएको परिवर्तन, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने, बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने बैंकले जनाएको छ ।