GBIME

सन नेपाल लाइफले २७ प्रतिशत हकप्रद शेयर जारी गर्ने, लाभांश पनि दिने

852
shares

काठमाडौं, १३ फागुन । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चुक्ता पूँजीको २७ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश पनि दिने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २३.८० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ४ करोड ८४ हजार २११ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बोनस शेयर वितरणपश्चात हकप्रद शेयर बाढ्न चुक्ता पूँजी गणना हुने कमपनीले जनाएको छ ।