Dhulikhel Eco Banner new

न्यूनतम १८ हजारमा सर्वोत्तम सिमेन्टको आईपीओ आजबाट भर्ने पाईने

5.07K
shares

काठमाडौं, १३ फागुन । सर्वोत्तम सिमेन्ट लिमिटेडले सर्वसाधरणको लागि साधारण शेयर (आईपीओ) आजबाट भर्ने पाईने भएको छ ।

प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले २७ लाख ७६ हजार ७६ कित्ता शेयर निष्काशन गर्ने भएको छ । न्यूनतम ५० कित्ता लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन पाईने छ ।

कसैले ५० कित्तामा आवेदन दिन चाहेका न्यूनतम १८ हजार ४५ रुपैयाँ लाग्ने छ भने १० हजार कित्ताका लागि ३६ लाख ९ हजार रुपैयाँ लाग्ने छ । कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ ।

कम्पनीको उद्योग नवलपरासी जिल्ला, सुनवल नगरपालिका वडा नं. ११, जोडेनीमा रहेको छ । कम्पनीले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ । सो उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड र सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड छन् ।

कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ३ वर्ष ९ महिना रहेको छ । डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ४ वर्ष ७ महिना रहेको छ ।