Dhulikhel Eco Banner new

एनआईएमबिको सिनियर डेपुटी सीईओ बन्दै भट्ट

22.17K
shares

काठमाडौं, १५ फागुन । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) को वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त हुने भएका छन् । यसका लागि बैंक सञ्चालक समिति र भट्ट बीच भद्र सहमति भएको छ ।

एनआईएमबी बैंक सञ्चालक समितिका एक सदस्यले दिएको जानकारी अनुसार भट्ट आगामी जेठ ४ गतेदेखि बैंक ज्वाइन गर्नेछन् । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जागिरबाट भट्टले मंसिर ३ गते हात धोएका थिए ।

ज्योति विकास बैंकबाट हटेको ६ महिनासम्म अन्त जागिर खान नपाउने नियम भएकाले उनी तत्कालै एनआईएमबी बैंक चाहेर पनि जान नपाउने भएका छन् । भट्टको नियुक्तिको विषयमा बैंकका हाल सिनियर डेपुटी सीईओ रहेका महेश शर्मा ढकाल बाहेक सबै खुसी छन् । ढकाल भने भट्ट आएपछि राजीनामा दिएर बाहिर जान सक्ने बैंकका ति सञ्चालकले बताए ।

भट्ट एनआईएमबि बैंककै क्याडर हुन् । यद्यपि, उनी बैंक छाडेर रेमिट्यान्स कम्पनीतिर समेत लागेका थिए । आईएमई समूहले प्रवद्र्धन गरेको आइएमई लाइफको प्रमुख कार्यकारी अधिकृत समेत भएका भट्ट एनआईएमबि जानकै लागि ज्योति विकास बैंक छाडेको बैंककै कर्मचारीहरु समेत बताउछन् । यद्यपि, यस विषयमा उनले औपचारिक वा अनौपचारिक कतै मुख खोलेका छैनन् । लिखित रुपमा नियुक्ति हुन बाँकी रहेकाले बैंकले पनि यस विषयमा प्रतिक्रिया दिन चाहेको छैन ।